Close This

३५ हजार धरौटीमा रिहा भईन शर्मिला वाइबा

मंगलबार चैत १३, २०८०/ Tuesday 03-26-24
Paschim Today

काठमाडौँ । आफूलाई सामाजिक अभियान्ता दाबी गर्ने शर्मिला वाइबा ३५ हजार धरौटीमा रिहा भएकी छिन् । हास्य कलाकार पवन खतिवडा ९म्याकुरी०लाई  कुटपिट गरेको आरोपमा पक्राउ परेकी उनी धरौटीमा रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए । 

कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरमा १० हजार र साइबर अपराध सम्बन्धी मुद्दामा २५ हजार गरी ३५ हजार रुपैयाँ धरौटी बुझाएर सोमबार रिहा भएकी हुन । कलाकार खतिवडाले कुटपिट गरेको उजुरी दिएपछि गत फागुन १६ गते सिन्धुपाल्चोकको बाह्रविसेबाट प्रहरीले वाइबालाई  पक्राउ गरेको थियो ।

पवन र उनकी पत्नी सुम्निमा खालिङबिच विवाद चलेका बेला  सुम्निमासँग मिलेर वाइबाले हातपात गरेको आरोप लागेको थियो ।  खतिवडाले अनुहारमा चोटैचोट पत्रकार सम्मेलन सम्मेलन समेत गरेका थिए ।