Close This

संस्कृति जोगाउँदै सायल समाजको होली

बुधबार चैत १४, २०८०/ Wednesday 03-27-24
Paschim Today

कञ्चनपुर को दक्षिणी भेग पुनर्वास नगर पालिकामा फागु पुर्णिमाको अवसर पारेर शुभकामना सहित सायल समाजले होली पर्व मनाएको छ । यहाँको १ देखि ११ नम्बर वडासम्म संस्कृति र परम्परा जोगाउने उद्देश्यले होली खेलिएको समाजका अध्यक्ष नन्द सिंहले जानकारी दिए ।  

पुनर्वास मा होली खेलेर सुदूरपश्चिम खप्तड  संरक्षण समाज  समितिले दुई लाख २३  हजार रुपैयाँ  सङ्कलन होली संयोजक सिंहले  बताए। उनका अनुसार होलीको कार्यक्रम सायल गाउँपालिकाका मेयरको उपस्थिति रहेको थियो । होली मार्फत आफ्नो संस्कृति र पहिचान जोगाउने प्रयास भएको उनले बताए । 

 जिल्लाबाट धनगढी आएकाहरूले समिति गठन गरेका हुन्। समितिले अन्य सामाजिक कामहरू समेत गर्दै आएको छ।