Close This

भैरहवा अवतरण गरेको जहाज सम्पूर्ण यात्रु बोकेर काठमाण्डौं पुग्यो

बिहीबार चैत १५, २०८०/ Thursday 03-28-24
Paschim Today

धनगढी, १५ चैत ।
काठमाण्डौंमा अवतरण हुन नसकेपछि अढाई घण्टापछि भैरहवा बिमानस्थलमा अवतरण गरेको श्री एयरको जहाज सम्पूर्ण यात्रुहरु बोकेर काठमाण्डौं पुगेको छ ।

आधा घण्टा भैरहवा बिमानस्थलमा रहेको श्री एयरको जहाजका धनगढीका सम्पूर्ण यात्रुहरु बोकेर काठमाण्डौ अवतरण गरेको छ ।

धनगढीबाट काठमाण्डौंका लागि उडेको श्री एयर लाईन्स जहाज मौसमको खरावीका कारण काठमाण्डौंमा अवतरण गर्न नसकेर २ घण्टा २२ मिनेटपछि भैरहवामा सकुशल अवतरण गरेको थियो ।

बिहान ७ : १२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज मौसम खराव भएका कारण काठमाण्डौंमा अवतरण गर्न सकेन । ५० मिनेटमा अवतरण गर्नुपर्नेमा अढाई घण्टासम्म आकाशमा उडेको श्री एयरको जहाज काठमाण्डौंमा अवतरण गर्न नसकेपछि फर्केर ९ : ३४ भैरहवामा आपतकालीन अवतरण गरेको थियो ।

८० सिट क्षमताको जहाजमा दुई बच्चा सहित ७७ जना यात्रु सवार थिए ।

अढाई घण्टासम्म जहाज सम्पर्क बिहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरु आत्तिएका थिए ।  धनगढीबाट उडेको जहाजले काठमाण्डौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो । यात्रुहरुका अनुसार बिमानस्थलमा अवतरण गर्न जहाजका पांग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट बिमानस्थल देखिईसकेको थियो । तर जहाज धावनमार्गमा अवतरण नगरी अचानक माथि उड्यो ।

काठमाण्डौंबाट फर्केको श्री एयरको जहाज भैरहवामा सकुशल अवतरण भएको थियो ।