Close This

राष्ट्रिय माविको निर्देशन : कित्ता नं.९७ मा निर्माण गरिएका संरचना ३ दिन भित्र हटाउनु

शुक्रबार चैत १६, २०८०/ Friday 03-29-24
Paschim Today

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयले अस्थायी घर टहरा गरी निर्माण भएका संरचना हटाउन ३ दिनको समय दिएको छ । बिहीबार एक सूचना प्रकाशित गरी विद्यालयको नाममा दर्ता स्रेस्ता कायम रहेको ८ कट्ठा क्षेत्रफल भएको कित्ता नं।९७ मा निमार्ण गरिएका अस्थायी घर टहरा तथा विभिन्न संरचना आफ्नै तरिकाले हटाउन निर्देशन दिएको हो ।

जिल्ला अदालत कैलालीले स्टे अडर बदर गरिदिए पछि विद्यालयलाई कित्ता नम्बर ९७ मा बनेका संरचना हटाउने बाटो खुलेको हो । सूचना प्रकाशित भएको ३ दिन भित्र अर्थात् चैत्र १७ गते सम्म आफै हटाई सक्नु पर्ने राष्ट्रिय माध्यमिक विद्यालयले भनेको छ । यस अधि राष्ट्रिय माध्यमिक विद्यालयको अतिक्रमित जग्गा खालि नगराउन जिल्ला अदालत कैलालीले स्टे अडर जारी गरेको थियो । विद्यालयले आफ्नो नाममा दर्ता स्रेस्ता कायम भएको कित्ता नम्बर ९७ मा रहेको ८ कट्ठा जग्गा खाली गराउन अन्तिम पटकका लागि फागुन १४ गते ७ दिने सूचना जारी गरेको थियो  ।

अन्तिम म्याद सकिए सँगै डोजर चलाउने विद्यालयको स्पिडमा अदालतले ब्रेक लगाइदिए पछि विद्यालय पछि हटेको थियो । अब भने जिल्ला अदालत कैलालीले स्टे अडर बदर गरिदिए पछि विद्यालयलाई कित्ता नम्बर ९७ मा बनेका संरचना हटाउने बाटो खुलेको विद्यालयले जनाएको छ । सूचनामा विद्यालयले घोडाघोडी नगरपालिका, वडा नम्बर १ को कार्यालय, इलाका प्रशासन कार्यालय सुखड, इलाका प्रहरी कार्यालय सुखड र जिल्ला प्रशासन कार्यालय धनगढीलाई बोधार्थ समेत लेखेको छ । आर्थिक वर्ष २०७६र२०७७ मा सङ्घीय सरकारबाट प्रत्येक प्रदेशमा निमार्ण गर्ने नमुना विशेष आवासीय विद्यालय अन्तर्गत प्राप्त अनुदान बाट निमार्ण गर्ने छात्रावास,क्यान्टिन, र थेरापी भवन बनाउन विद्यालय लागी परेको छ ।