Close This

जन्मदिनको अवसरमा लोक गायक साउँदद्वारा डेउडा प्रतिष्ठान कोषमा रकम जम्मा 

सोमबार चैत २६, २०८०/ Monday 04-08-24
Paschim Today

धनगढी।  लोक गायक बिरेन्द्र साउँदले आफ्नो जन्मदिनको अवशरमा  डेउडा प्रतिष्ठानको कल्याणकारी कोषमा रकम  जम्मा  गरेका छन् ।  डेउडा प्रतिष्ठान बेङ्लोर शाखाका वरिष्ठ उपाध्यक्ष समेत रहेका साउँदले (आज सोमबार) जन्मोत्सवको अवसरमा कोषमा ३ हजार २५६ रुपैयाँ रकम जम्मा गरेका हुन् ।

आफू कलाकारिता क्षेत्रमा लामो यात्रा गरेर प्रवासमा समेत लोक संस्कृति संरक्षणमा लागेको डेउडा प्रतिष्ठान बेङ्लोर शाखाका उपाध्यक्ष साउँदले बताए ।  रकम डेउडा प्रतिष्ठानको कल्याणकारी कोषका केन्द्रीय कोषाध्यक्ष प्रेम विवश चन्दद्वारा संस्थाको खातामा जम्मा गरेको संस्थाका केन्द्रीय  उपाध्यक्ष सुरत रावत“डोटेली कान्छा“ले जानकारी दिए। पछिल्लो समय देउडा प्रतिष्ठान केन्द्रीय समितिद्वारा स्थापित कलाकार कल्याणकारी कोषमा विभिन्न व्यक्तिले आफ्नो र आफ्ना आफन्तका जन्मोत्सव सँगै  वैवाहिक उत्सवको अवसरमा समेत रकम जम्मा गर्न थालेका प्रतिष्ठानको भनाइ छ  ।

प्रतिष्ठानको केन्द्रीय कार्यसमितिले संस्थाका कोषाध्यक्ष प्रेम विवश चन्दको जन्म दिनमा वैशाख २४ गते कलाकार कल्याणकारी कोषको स्थापना गरेका थिए । जन्म दिनमा फजुल खर्च नगरी कलाकारको हितमा कलाकारलाई अप्ठ्यारोमा पर्दा सुख दुःखको साथीको रूपमा  कोषलाई स्थापना गरेको संस्थाका केन्द्रीय अध्यक्ष दल बहादुर बोगटीले बताए ।

संस्थाका केन्द्रीय  उपाध्यक्ष सुरत रावतले यो कोष डेउडा प्रतिष्ठानको मात्र नभई विभिन्न कला क्षेत्रमा कार्यरत कलाकर्मीहरूको सहाराको रूपमा उभिने भएकाले यसको वृद्धिलाई सबैले प्राथमिकता दिनुपर्ने बताए । 'हामीले ऐन नियम बनाई अघि बढाई रहेका छौँ। सबैले आ–आफ्नो जन्म दिन या अन्य कुनै दिनलाई विशेष दिनको रूपमा बनाई कोषमा जम्मा गरी यो अभियान सफल पार्नु पर्छ' उनले भने