Close This

सुदूरपश्चिम राजधानी मेयर कप वैशाख १४ गतेदेखी

बुधबार बैशाख ५, २०८१/ Wednesday 04-17-24
Paschim Today

कैलालीको अत्तरियामा सुदूरपश्चिम राजधानी मेयर कप वैशाख १४ गते देखी आयोजना हुने भएको छ । पी एफ ए स्पोर्ट्स क्लबको आयोजनामा वैशाख १४ गते देखी २२ गतेसम्म सुदूरपश्चिम राजधानी मेयर कप सञ्चालन हुने भएको हो ।

आयोजक पी एफ ए स्पोर्ट्स क्लबले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताको बारेमा जानकारी गराएको हो । १२ ओटा टिम सहभागी रहने उक्त प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ पुरस्कारसंगै ट्रफि,मेडल र प्रमाणपत्र पाउने क्लबकी उपाध्यक्ष भगवती साँउदले बताईन । त्यस्तै द्दितिय हुने टिमले १ लाख नगदसंगै ट्रफि,मेडल र प्रमाणपत्र पाउने उनले बताइन् ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले १५ हजार,उत्कृष्ट गोलरक्षकले १० हजार पाउनेछ भने उत्कृष्ट मध्य मैदान खेलाडी तथा उत्कृष्ट अग्र मैदान खेलाडीले १० हजार पाउनेछ । त्यसै गरी प्रतियोगितामा म्यान अफ द म्याचकालागि ३३ हजार रुपैयाँ छुट्ट्याएको छ ।

उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलकर्तालाई १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिताको कुल खर्च २१ लाख अनुमान गरेको छ । प्रतियोगिताका लागि आजै देखी टिम दर्ता सुरु गरिएको छ । टिम दर्ता शुल्क ८ हजार तोकिएको छ ।