Close This

सुदूरपश्चिम सरकारलाई आफ्नो समर्थन नरहेको नाउपा सांसद थापाको घोषणा

शुक्रबार बैशाख ७, २०८१/ Friday 04-19-24
Paschim Today

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा गरेकी छिन् ।

 

 

मन्त्रीको शपथ लिन बिहीबार प्रदेश प्रमुखको कार्यालय पुगेकी उनी मन्त्रालयको टुङ्गो नलागेको भन्दै शपथ नलिई फर्केकी थिइन् । मुख्यमन्त्री दीर्घ सोडारीले  मन्त्रालय फुटाएर पछि जिम्मेवारी दिन्छु भनेपछि टीकाले शपथ नलिई सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन् । 

नाउपाबाट कैलाश चौधरी भने भौतिक पूर्वाधार विकास मन्त्री बनेका छन् । उनले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका थिए । 

मुख्यमन्त्री सोडारीले कैलाश चौधरी र अर्का सांसद टीका थापालाई तत्काल विना विभागीय मन्त्रीको शपथ खुवाउन खोजेका थिए । तर थापाले शपथ लिन नमानेपछि स्थिति तनावपूर्ण बनेको थियो ।