कञ्चनपुरमा दलित जागरण अभियान सम्पन्न
कञ्चनपुर । कञ्चनपुरमा दलित जागरण अभियान सम्पन्न भएको छ। जिल्लाको पुनर्वास नगरपालिका ११ राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा राष्ट्रिय दलित मुक्ति अभियान सम्पन्न भएको हो ।
शुक्रबार सधैँ जुट्यौँ अरूको लागि अब जुटौँ आफ्नो हक अधिकार र आत्मसम्मानको लागि भन्ने नारासहित कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय दलित मुक्ति अभियानले आयोजना गरेको कार्यक्रममा सयौँको सहभागी रहेको थियो ।
राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि प्रेम बि सी ले दलितलाई राज्यले अधिकार सम्पन्न गराउनु पर्ने बताएका थिए ।
उनले समाजमा विद्यमान जातीय विभेद तथा छुवाछुतका अवशेष अहिले पनि बाँकी नै रहेको बताए । उनले आफ्नो अधिकारको लागि सबै एक हुन पनि आवश्यक रहेको जिकिर गरे । दलितका लागि दलित; अभियानका केन्द्रीय संयोजक खगेन्द्र सुनाले सभालाई सम्बोधन गर्दै दलित अधिकारको माग गर्नुपर्ने अवस्था रहेको बताए ।
सधैँ जुटेऊँ अरूको लागि अब जुटौँ आफ्नो हक अधिकारका लागी दलित अभियान कञ्चनपुर जिल्ला संयोजक राम सिंह विश्वकर्माको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बि सी रहेका थिए भने प्रदेश सभा सदस्य हिरा सिंह सार्की,संविधानसभा सदस्य पुरन सिंह दयाल, राष्ट्रिय मानवअधिकार आयोग प्रमुख हरि ज्ञवाली,राष्ट्रिय दलित अभियानता खगेन्द्र सुनार, बिरबल विक लगायतको उपस्थिति रहेको थियो।
अभियान सभामा बोल्ने वक्ताहरूले दलितका अधिकार प्राप्तिका लागि स्वयम् दलित समुदाय एकजुट हुनु पर्नेमा जोड दिएका थिए ।
तपाईको प्रतिक्रिया