गरिमा विकास बैंकको शैक्षिक गुणस्तर सुधार कार्यक्रम संचालनका लागि आर्थिक सहयोग 

बुधबार असार २६, २०८१/ Wednesday 07-10-24
Paschim Today

पश्चिम टुडे, धनगढी २६ अषाढ ।
गरिमा विकास बैंक धनगढी शाखाले धनगढी उप-महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सन्चालनका लागि छनौट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि नगर प्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरेको छ । 
बैंकका शाखा प्रबन्धक हर्क बहादुर धामीले बुधबार धनगढी उपमहानगरपालिकाका  नगर प्रमुख गोपाल हमाललाई रु ५० हजारको चेक हस्तान्तरण गरे । 
बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नगरप्रमुख शैक्षिक सुधार कोषमा आर्थिक सहयोग गरिएको शाखा प्रबन्धक धामीले जानकारी दिए ।