सुनको मूल्य एक लाख ९० हजार नाघ्यो

बिहीबार बैशाख ४, २०८२/ Thursday 04-17-25
Paschim Today

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम आज पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य ३ हजार ६ रुपैयाँले बढेर प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। बुधबार तोलाको १ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदी, आज १ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ ।