रेशम चौधरी पक्राउबारे गृहमन्त्रीको जवाफ: कुनै पूर्वाग्रह थिएन
बिहीबार बैशाख २५, २०८२/ Thursday 05-08-25
Paschim Today

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउ प्रकरणमा प्रहरीको कानुन कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह नरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा १७ वैशाखमा सर्वोच्च अदालतको फर्जी पत्रका आधारमा चौधरी पक्राउ परेको विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले प्रहरीले कानुन कार्यान्वयन गर्नेबाहेक कुनै पूर्वाग्रह नराखेको बताएका हुन् ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको पत्रका आधारमा प्रहरीले कमलादीस्थित प्रज्ञा भवनबाट चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गरेको थियो ।
तपाईको प्रतिक्रिया