कैलालीमा गोरुले हान्दा एक जनाको मृत्यु
बिहीबार बैशाख १८, २०८२/ Thursday 05-01-25
Paschim Today

धनगढीः कैलालीमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ।
बुधवार कैलारी गाउँपालिका–३ हसुलिया बस्ने ७८ वर्षीय भुखाली डगौरा थारूलाई घरमै पालेको गोरुले हान्दा गम्भीर घाइते भएका थिए। टाउको र छातीमा गम्भीर चोट लागेका थारुको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया