ध्वनीको गतिभन्दा तीव्र थियो म्यानमारको भूकम्प

बिहीबार बैशाख १८, २०८२/ Thursday 05-01-25
Paschim Today

 काठमाडौं। गत मार्च २८ को दिन आएको ७।७ म्याग्नेच्युडको विनाशकारी भूकम्पले म्यानमारमा ठूलो क्षति पुर्‍याएको थियो ।

पृथ्वीकै सबैभन्दा ठूलो मध्येको एक भौगर्भिक फल्टमा टुट्दा गएको उक्त भूकम्पका कारण म्यानमार तथा थाइल्याण्डमा उल्लेख्य भौतिक तथा मानवीय क्षति भयो। उक्त भूइँचालोमा परेर ५ हजार भन्दा धेरै मानिसहरुले ज्यान गुमाए । भूकम्पको केन्द्र चाहीँ म्यानमारको मन्डले नजिकै थियो ।

उक्त भूकम्पको प्रकार तथा भौतिक संरचनामा क्षति पूराउने तिव्र कम्पनका बारेमा वैज्ञानिकहरुले केही अनौठा तथ्यहरु सार्वजनिक गरेका छन् ।

४ सय किलोमिटर लामो दरार

वास्तवमा म्यानमार भूकम्पीय रुपमा सक्रिय क्षेत्रमा पर्दछ । त्यहाँ भारतीय र युरेसियन प्लेटहरु आपसमा ठोक्किन्छन् ।

सेस्मोलोजिकल सोसाइटी अफ अमेरिकाको वार्षिक बैठकमा अमेरिकन जियोलोजिकल सर्भेका भूकम्प वैज्ञानिक सुसास हफले प्रस्तुत गरेको तथ्य अनुसार उक्त म्यानमार भूकम्पले सागांग फल्टको ४ सय किलोटिमर भन्दा धेरै भागलार्य तोडिदिएको थियो । यो प्रमुख स्ट्राइक स्लिप फल्टलाइन म्यानमारको मध्य भाग हुँदै गुज्रिएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका शोधकर्ता नादिन रिटम्यानका अनुसार सो दरार विश्वको सबैभन्दा ठूलो सतही दरारमध्ये एक हो । सागांग फल्टले अघिल्लो सताब्दीमा ६ म्याग्नेच्युड र त्यसभन्दा ठूला कैयन् भूकम्पहरु पैदा गरेको थियो । तर सन् १८३९ पछि पहिलोपटक ७ म्याग्नेच्युड भन्दा ठूलो भूकम्प गएको हो ।

जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीका झिगांग पेंगका अनुसार उक्त दरार सुरुवातमा सुस्त गतिमा अघि बढेको भएपनि पछि चाहीँ यो ध्वनीको गतिभन्दा पनि तिव्र गतिमा फाट्यो । उनका अनुसार म्यानमार भूकम्प पछि थाइल्याण्ड तथा चीनको युनान र ग्वांगडोन प्रान्तमा भूकम्पीय गतिविधिमा उल्लेख्य वृद्धि देखिएको छ ।