काफलको रुखबाट लडेर बैतडीमा एक बालिकाको मृत्यु

बुधबार बैशाख २४, २०८२/ Wednesday 05-07-25
Paschim Today

धनगढी : काफलको रुखबाट लडेर बैतडीमा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको पुर्चाैडी नगरपालिका–९ बथ्थोला तल्लादेहीकी १४ वर्षीय सिमा भण्डारीको काफल टिप्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो।

बुधवार बिहानसाढे १० बजेतिर आमासँग स्थानीय जंगलमा काफल टिप्न गएकी उनको रुखबबाट लडेर घटनास्थलमै मृत्यु भएको आफ्नले बताएका छन्। उनी कक्षा ८ मा अध्ययनरत थिइन्।