देशमा केही भएन भनेर भ्रम छर्ने फेसन भयो : शहरी विकासमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएन भनेर भ्रम छर्ने फेसन भएको दावी गरेका छन्।
शनिवार काठमाडौँमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ काठमाडौँ महानगर समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले अहिले के भयो र ? के भएको छ र रु जस्ता भाष्य बनाएर प्रजातन्त्रले के ल्यायो भन्दै प्रश्न गर्ने काम भएको बताए।
अभिव्यक्ति स्वतन्त्रताको अधिकार कसले दियो ? भन्दै प्रश्न गरे। संघर्ष र बलिदानबाट प्राप्त अधिकारको संरक्षण गर्ने काम सबैको भएको बताए। नकारात्मक कुरालाई प्रचार गर्ने काम भइरहेको भन्दै असन्तुष्टि जनाए।
उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले एउटा फेसन जस्तो के भयो र ? के भएको छ र ? यो प्रजातन्त्रले के ल्यायो र रु के दियो र भन्छन्। अभिव्यक्ति स्वतन्त्रता यही प्रजातान्त्रिक पद्धतिले दिलाएको हो।’
उपप्रधानमन्त्री सिंहले जनताको अधिकार सुरक्षित राख्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए।
तपाईको प्रतिक्रिया