काँग्रेस नेता बिष्टद्धारा जन्मदिनमा अनाथ बालिका तथा महिलाहरुलाई सहयोग

धनगढी, १८जेठ ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्टले जन्मदिन असहाय बालबालिकाहरुलाई सहयोग गरेर मनाएका छन् ।
राजनीतिसंगै सामाजिक क्षेत्रमा समेत सक्रिय बिष्टले जन्मदिनको अवसरमा कैलालीको अत्तरीयास्थित महिला तथा बालबालिका सेभ हाउसलाई ५१ हजार रुपैया सहयोग गरे ।
नेपाली काँग्रेस डोटीका पूर्व सभापति प्रदीप देउवा, शिखर नगरपालिका डोटीका पूर्व मेयर सीताराम जोशी,कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थितिमा नेता बिष्टले अनाथ बालबालिका तथा महिलासंग जन्मदिन मनाउने क्रममा सहयोग गरेका हुन् ।
नेता बिष्टले जन्मदिनको अवसरमा असहाय महिला तथा बालबालिकाहरुलाई सहयोग गर्न पाउदा खुशी व्यक्त गरे ।
उनले सकडमा आश्रित महिला तथा बालबालिकाहरुलाई आश्रय दिएकोमा सेभ हाउस सञ्चालक जानकी मलासीलाई धन्यवाद दिदै सबैलाई सहयोग समेत आग्रह गरे ।
तपाईको प्रतिक्रिया