हङकङ र लाओस जाने नेपाली फुटबल टिमलाई गरियो विदाई
सोमबार जेठ २०, २०८२/ Monday 06-02-25
Paschim Today

काठ्माण्डौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)ले हङकङसँग अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल खेल्न जाने नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरेको छ ।
सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा खेलकुदमन्त्री तेजुलाल चौधरी लगाएत एन्फा पदाधिकारीले नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको विदाई गरेका हुन् ।
नेपालले यहि जुन ५ मा हङकङसँग उसकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्ने छ भने त्यसपछि एएफसी एसियन कप छनोट अन्तर्गत लाओससँग जुन १० मा उसैको घरेलु मैदानमा नेपालले खेल खेल्नेछ ।
विदाई कार्यक्रममा खेलकुदमन्त्री चौधरीले नेपाली टोलीसंग राष्ट्रले गरेका आशालाई पुरा गर्नका लागि उच्च मनोवलका साथ मैदान उत्रन आग्रह गरे । उनले खेलाडीको बिकासका लागि सरकारले पहिलो तुलनामा बजेट बढाउदै लगेको जानकारी दिए ।
खेल र खेलाडीको बिकासका लागि सरकार सदैव गम्भी रहेको मन्त्री चौधरीले बताए । सोमबारै एन्फाले ले २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरेको थियो ।
तपाईको प्रतिक्रिया