राज्य व्यवस्था समितिमा नागरिकता विधेयकमाथि छलफल

बुधबार जेठ २२, २०८२/ Wednesday 06-04-25
Paschim Today

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता ऐन २०६३ संशोधन गर्न बनेको विधेयकमाथि छलफल सुरु भएको छ । बुधबार बसेको समितिको बैठकमा सो विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक र रक्षामन्त्री मानविर राई पनि उपस्थित छन् ।

२०७२ मा नयाँ संविधान जारी भएपछि नागरिकता ऐनमा संविधानअनुसार संशोधन गर्नुपर्ने भएपछि सो विधेयक ल्याइएको हो ।