आसाममा बाढीको बितण्डा : १७५ वटा गाउँ डुबानमा

आसाममा बाढीको बितण्डा : १७५ वटा गाउँ डुबानमा
काठ्माण्डौँ । भारतको उत्तरपूर्वी राज्य आसाममा वर्षासँगै आएको बाढीले बितण्डा मच्चाएको छ । केही दिनदेखि भइरहेको भारी वर्षाका कारण यहाँका धेरै क्षेत्र डुबानमा परेका छन् ।
मे ३१ को साँझ असम राज्य विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको प्रतिवेदनमा बाढीका कारण आसामका १२ जिल्लाका १७५ वटा गाउँ डुबानमा परेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
आसामको लखिमपुरमा आएको बाढीका कारण धेरै स्थानीय मानिस आफ्नो घर छोडेर उच्च क्षेत्रमा सरेका छन् । त्यहाँ उनीहरू अस्थायी पालमा बसिरहेका छन् ।
आसाममा बाढीका कारण लखीमपुर जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । जिल्ला प्रशासनले लखिमपुरमा १० भन्दा बढी राहत शिविर खोलेको छ ।
आसाम राज्यको राजधानी गुवाहाटीमा भारी वर्षाका कारण बाढीबाट मानिसहरू समस्यामा परेका छन् ।
आसाममा बाढीका कारण सडक र रेल यातायात सेवा नराम्ररी प्रभावित भएका छन् । आसाम नेपालीभाषी धेरै रहेको राज्य हो ।
तपाईको प्रतिक्रिया