प्रतिनिधि सभा बैठक बुधबारसम्मका लागि स्थगित
मंगलबार जेठ २१, २०८२/ Tuesday 06-03-25
Paschim Today

काठमाडौँ । प्रतिनिधिसभाको मङ्गलबारका लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ ।
आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् । सदन नचल्ने अवस्था आएपछि सूचना टाँसेर समय सर्दै आएको छ ।
तपाईको प्रतिक्रिया