विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

बुधबार जेठ २२, २०८२/ Wednesday 06-04-25
Paschim Today

काठ्माण्डौँ- आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। 

टस जितेर नेदरल्यान्ड्सले पहिले ब्याटिङ रोजेको हो। 

५० ओभरको खेल केही बेरमा सुरु हुनेछ। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्डले लिग २ अन्तर्गत त्रिकोणात्मक शृंखला खेलिरहेका छन्।