अख्तियार प्रयोग हुन संस्था होइन : ओली

शनिबार जेठ २५, २०८२/ Saturday 06-07-25
Paschim Today

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

मोरङको कटहरी गाउँपालिका– २ हल्दीबारीमा २०० बेड क्षमताको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटनपछि बाहिरिने क्रममा उनले अख्तियार प्रयोग हुने संस्था नभएको बताएका हुन् ।

माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो ।’