कञ्चनपुरबाट श्रीमतीको हत्या अभियोगमा एक जना पक्राउ
आइतबार असार १, २०८२/ Sunday 06-15-25
Paschim Today

धनगढी : कञ्चनपुरबाट श्रीमतीको हत्यार गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० मुक्तिटोलका कालु सुनार श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन्।
उनले घरायसी झै–झगडा हुँदा ४८ वर्षीय श्रीमती जुना देवी सुनारको हत्यार गरेको अभियोग छ। ५० वर्षीय कालु सुनारले शनिवार राति श्रीमतीको घाँटीमा च्यापेका थिए। उनकी श्रीमती जुनादेवी गम्भीर घाइते भएकी थिइन।
जुनादेवीको सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ। कालु सुनारलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट पक्राउ गरिएको हो।
तपाईको प्रतिक्रिया