अलबिदा लेखेर सम्पर्कविहीन भएका डाक्टर सकुशल भेटिए

सोमबार असार २, २०८२/ Monday 06-16-25
Paschim Today

काठमाडौं । फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ भेटिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई भेटेको हो । उनलाई तार्केश्वर नगरपालिका -३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा  भेटिएको परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

बालाजुमा भेटिएका डा. श्रेष्ठलाई प्रहरीले आफ्नो कार्यालय भद्रकालीमा ल्याउँदैछ ।

फेसबुकमा लामो स्टाटस लेखेर उनी सम्पर्कबिहिन भएपछि प्रहरीले खोजी तिव्र पारेको थियो ।