डडेल्धुरामा अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ
सोमबार असार २, २०८२/ Monday 06-16-25
Paschim Today

धनगढी: डडेल्धुराबाट अवैध काठ चिरानी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
अवैध रूपमा साल जातको काठ चिरानी मुद्दामा २० दिन कैद सजाय र ३० हजार ४३० रुपैयाँ जरिवाना तोकिएका डडेल्धुराको आलिताल गाउँपालिका– ८ का ४० वर्षीय कमल थापामगर पक्राउ परेका हुन।
उनलाई आइतवार जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले वडा कार्यालय नजिकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया