कैलाली र कञ्चनपुरबाट तस्करीको सामान बरामद

शुक्रबार असार ६, २०८२/ Friday 06-20-25
Paschim Today

धनगढी : नेपाल प्रहरीले कैलाली र कञ्चनपुरबाट तस्करीको सामान बरामद गरेको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ सब्जीमन्डी क्षेत्रबाट भारतबाट भन्सार छली ल्याएको ३२ हजार बराबरको बिडी, कुटपिस लगायतको सामान बरामद गरिएको छ।

कञ्चनपुरको बेलौरी नगरपालिका–६ नकैयाबाट एक लाख चार हजार छ सय २० रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको छ। प्रहरीले गल्छा, गञ्जी, प्लास्टिकका झिल्ली र एक थान मोटरसाइकल बरामद गरेको हो।