आज देशभरका ७५३ स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
मंगलबार असार १०, २०८२/ Tuesday 06-24-25
Paschim Today

काठमाडौं– देशभरका ७५३ स्थानीय तहले मङ्गलबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट सार्वजनिक गर्दै छन् ।
असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले मङ्गलबार बजेट ल्याउन लागेका हुन् ।
भरतपुर महानगरपालिकालगायत केही स्थानीय तहले निर्धारित समय अघि नै बजेट सार्वजनिक गरिसकेका छन् ।
संवैधानिक व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहले आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने र असार मसान्तसम्ममा पारित गरिसक्नुपर्ने प्रावधान छ ।
यसअघि जेठ १५ गते संघीय सरकार र असार १ गते प्रदेश सरकारले बजेट प्रस्तुत गरिसकेका छन् । संघीय सरकारले मंगलबार प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया