सुदूरपश्चिम प्रदेशको बजेटमाथि छलफल
मंगलबार असार १०, २०८२/ Tuesday 06-24-25
Paschim Today

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ ।
प्रदेश सभामा बजेटमाथि छलफल गर्न लागिएको हो । बजेटमाथि छलफलको लागि दिनको ४ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले गएको असार १ गते आगामी आर्थिक वर्ष २०८२-८३ का लागि अनुमानित बजेट सदनमा प्रस्तुत गरेका थिए। प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपियाँ रहेको छ ।
जसमध्ये, चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड दुई लाख छ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ । यसैगरी, अन्तर वित्तीय हस्तान्तरतर्फ तीन अर्ब ४२ करोड ७७ लाख (१०.२४ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
तपाईको प्रतिक्रिया