सन्दीप नेतृत्वको ब्रिज-११ ले जित्यो ‘दि ब्रिज डिकेट कप’ को उपाधि

काठ्माण्डौँ- दि ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेतृत्वको ब्रिज–११ ले जितेको छ ।
वील्सायरस्थित डेभाइज क्रिकेट क्लब मैदानमा भएको दोस्रो मैत्रीपूर्ण क्रिकेट खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले हराउँदै उपाधि जितेको हो ।
लन्डनमा टस हारेर पहिला बलिङ गरेको ब्रिज ११ का लागि म्यानी गुरुङले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, दिवस गिरीले ३७ बलमा ६२ रन तथा कप्तान सन्दीप लामिछानेले २४ बलमा ५४ रन जोडे ।
बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान रूपमा दुई/दुई विकेट लिए ।
ब्रिज-११ ले दिएको ३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लबको लागि थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकिय पारी खेले । त्यस्तै लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए ।
बलिङतर्फ ब्रिज-११ का सन्दीप लामिछानेले एक विकेट, मोसेसले दुई तथा अमित, बिकास र मार्क बर्टनले समान रूपमा एक/एक विकेट लिए ।
खेलपछि कप तथा ट्रफी वितरण समारोहमा ब्रिज इन्टरनेशनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे ।
तपाईको प्रतिक्रिया