नेप्से परिसूचक सामान्य अंकले घट्यो
मंगलबार असार १०, २०८२/ Tuesday 06-24-25
Paschim Today

काठ्माण्डौँ- साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ० दशमलव २२ अंकले घटेर २६०० दशमलव ५३ विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा १०७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४२ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ० दशमलव १० अंकले बढेर ४४५ दशमलव १७ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।
मंगलबार सेयर बजारमा ५ अर्ब ७६ करोडड ७८ लाख ९५ हजार १ रुपैयाँ बराबरको कारोबार भएको छ । आज २१६ कम्पनीका १ करोड ३८ लाख १८ हजार ५५९ कित्ता सेयर ६२ हजार ७५५ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।
तपाईको प्रतिक्रिया