प्रदेश सभाबाट विधेयक पारित

शुक्रबार असार १३, २०८२/ Friday 06-27-25
Paschim Today

धनगढी । प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको छ । 

आज बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतले विधेयक पारित गरेको हो । विधेयकमाथि दफावार छलफल पनि सभामै भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले, नेकपा ९माओवादी केन्द्र० का अक्कलबहादुर रावल र नेकपा ९एमाले० का प्रमुख सचेतक चक्रबहादुर मल्लले भाग लिएका थिए । 

सो क्रममा उनिहरुले सचिवको पदीय पर्यादा, सेवा, सुविधालाई प्रदेशका प्रमुख सचिवको सरह व्यवस्थाका लागि ऐन संशोधन गर्न लागेको बताए । यसैबिच, प्रदेश सभाको ढ्यापढ्यापे समयमा जानकी ऐर बमले साक्षर प्रदेश घोषणा कार्यक्रममा सरकारले प्रदेशसभा सदस्यको प्रोटोकल नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडि राखेर अपमान गरेको बताए ।  

त्यस्तै, नेकपा ९माओवादी केन्द्र० का मानबहादुर धामीले जागिरको प्रलोभन देखाएर भारतमा लगेर नेपालीलाई बन्धक बनाउने गिरोहलाई कारबाही हुनुपर्ने बताए ।