जनकपुर बोल्ट्सले आसिफ शेखसहित ६ जना खेलाडी रिटेन गर्‍याे

बिहीबार असार १९, २०८२/ Thursday 07-03-25
Paschim Today

काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्ट्सले दोस्रो संस्करणका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमार्फत जनकपुरले आज रिटेन खेलाडीको सूची सार्वजनिक गरेको हो ।

जनकपुरले मार्की खेलाडी आसिफ शेखसहित सात जना खेलाडीलाई रिटेन गरेको छ । रिटेन गरिएका अन्य खेलाडीमा अघिल्लो सिजनका कप्तान अनिल शाह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंह छन् ।

यसअघि काठमाण्डौ गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज र कर्णाली याक्सले रिटेन र रिलिज खेलाडीको सूची सार्वजनिक गरिसकेका छन् । जनकपुर बोल्ट्स एनपीएलको साविक विजेता टोली हो । पहिलो सिजनको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै जनकपुरले उपाधि जितेको थियो । एनपीएलको दोस्रो सिजनका लागि मार्कीबाहेक छ जना खेलाडीसम्म रिटेन गर्न पाउने प्रावधान छ ।