सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे

शुक्रबार असार २०, २०८२/ Friday 07-04-25
Paschim Today

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुशासनलाई ध्यान दिन नागरिक उड्डयन प्राधिकरण टुक्रयाउन आवश्यक परेको बताएका छन् । नियमन र  सञ्चालन एउटैले नसक्ने उनले बताएका हुन । 

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयकबारे  प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा  बोल्दै उनले भने- ‘हाम्रोमा स्वः नियमन राम्रो छैन । त्यसकारण अर्को संस्था चाहिएको हो ।  अब हवाई सेवा सञ्चालन गर्ने संस्थाले सञ्चालनको काम राम्रो गर्ने र उड्डयनको  नियमन गर्नेले पनि आफ्नो काम राम्रो गर्न टुक्राउन आवश्यक  भएको हो ।’ 

पाण्डेले प्राधिकरणकै कर्मचारीले विरोध गरेको भए पनि आफूले कन्भिस गरेर विधेयक ल्याएको बताए ।  उनले नियामक निकायको आर्थिक स्रोतका लागि हवाई सेवाबाट उठ्ने निश्चित प्रतिशत नियामकमा जाने व्यवस्था गरे अरूको भर नपर्ने समेत बताए ।