धनगढीका एक जना लागूऔषधसहित कञ्चनपुरबाट पक्राउ

सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

कञ्चनपुरः धनगढीका एक जना लागूऔषधसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोके बजार स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा से ७ प ८८५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक कैलालीको धनगढी उपमहानगरपालिका–५ शिवनगर बस्ने ३३ वर्षीय ईन्द्र ध्वज बम लागूऔषधसहित पक्राउ परेका हुन्।

बमको साथबाट ७ सय मिलिग्राम लागूऔषध फेला पारी उक्त पदार्थ र मोटरसाईकलसहित उनलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।