प्रेस युनियनमा ३ सल्लाहकार मनोनीत
सोमबार असार २३, २०८२/ Monday 07-07-25
Paschim Today

काठ्माण्डौँ- लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्था नेपाल प्रेस युनियनले आज ३ जना सल्लाहकार मनोनीत गरेको छ ।
युनियनको विधान, २०४८ अनुसार पत्रकारत्रय तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रीता गुरुङ (काठमाडौं)लाई सल्लाहकार पदमा मनोनयन गरिएको अध्यक्ष शिव लम्सालले जानकारी दिए ।
संस्थाको लक्ष्य र उद्देश्य परिपूर्तिका लागि मनोनीत सल्लाहकारहरूबाट लामो पत्रकारिता अनुभव र विज्ञताले नेपाल प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने युनियनले जनाएको छ ।
तपाईको प्रतिक्रिया