प्रधानमन्त्री र गृहमन्त्री रसुवा जाँदै
मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

काठ्माण्डौँ- प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक बाढी प्रभावित क्षेत्र रसुवा जाँदै छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको टोली मंगलबार दिउँसो बाढी प्रभावित क्षेत्रमा जान लागेको उनको सचिवालयले जानकारी दियो ।
नेपाल–चीन सीमा क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीबाट जनधनको ठूलो क्षति भएको छ ।
बाढीमा परी हालसम्म १८ जना बेपत्ता भएका छन् ।
दर्जनौं गाडी बगाएको र पुरिएका छन् । नेपाल–चीन सीमामा रहेको मितेरी पुलसमेत बाढीले बगाउँदा दुई देशबीचको सडक सम्पर्क टुटेको छ ।
तपाईको प्रतिक्रिया