टप एन्ड टी-२० को खेल तालिका सार्वजनिक
मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

काठमाठौं : नेपालले आगामी १५ अगस्टमा अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० प्रतियोगितामा नर्दन टेरिटोरी स्ट्राइकर्सविरुद्ध उद्घाटन खेल खेल्ने भएको छ । खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार दोस्रो खेलमा नेपालले १६ अगस्टमा बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि नेपालले १८ अगस्टमा मेलबर्न स्टार्स, १९ अगस्टमा होबर्ट हुरिकेन्स, २० अगस्टमा मेलबर्न रेनिगेड्स र २२ अगस्टमा पाकिस्तान साहिन्ससँग खेल्नेछ ।
साहिन्स पाकिस्तानको ‘ए’ टोली हो, जसमा टेस्ट खेलाडीसमेत छन् ।
अस्ट्रेलियाको नर्दन टेरिटोरी क्रिकेटद्वारा आयोजित र क्रिकेट अस्ट्रेलियाबाट मान्यता प्राप्त प्रतियोगितामा नेपालको यो पहिलो सहभागिता हो । टप एन्ड टी–२० सन् २०२२ देखि सुरु भएको हो ।
तपाईको प्रतिक्रिया