कल्भट निर्माणका क्रममा कञ्चनपुरमा करेन्ट लागेर तीन जना मजदुर घाइते

मंगलबार असार २४, २०८२/ Tuesday 07-08-25
Paschim Today

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीमा कल्भट निर्माणका क्रममा मिक्चरमा करेन्ट लाग्दा तीन जना कामदार घाइते भएका छन्। नन्देव बिल्डर्स बझाङको ठेकामा अमरबस्ती र भीमबस्ती जोड्ने कल्भट निर्माण भइरहेको थियो। 

सोही क्रममा मिक्चरलाई एक स्थानबाट अर्को स्थानमा सार्ने क्रममा नजिकै रहेको हाईटेन्सन लाइनको तारले मिक्चर छोएपछि करेन्ट सर्ट भएको प्रहरीले बताए।घटनामा घाइते हुनेहरूमा पुनर्वास–१० भीमबस्तीकी ५३ वर्षीया माईली थापा रहेकी
 छिन् ।

 उनको दाहिने हात भाँचिएको छ र अवस्था मध्यम रहेको अस्पताल स्रोतले जनाएको छ। त्यसैगरी अमरबस्तीका २४ वर्षीय भक्त बिष्टको बायाँ खुटाको घुँडामा सामान्य चोट लागेको छ भने कैलालीको गौरीगंगा नगरपालिका–२ निवासी १९ वर्षीय कृष्ण बहादुर थापाको दाहिने खुट्टा र पेटमा सामान्य चोट लागेको छ। 

घाइते तीनै जनालाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढीमा ल्याइको छ।घटनाबारे जानकारी प्राप्त  लगत्तै इलाका प्रहरी कार्यालय परासनबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पेटी ठेकेदार धनबहादुर बम उपचारमा संलग्न रहेको समेत प्रहरीले जानकारी दिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।