कञ्चनपुरमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
बिहीबार असार २६, २०८२/ Thursday 07-10-25
Paschim Today

धनगढी । कञ्चनपुरमा बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्लाफाँटा नगरपालिका-१ बन्साह नजिकै बेलौरीबाट महेन्द्रनगरतर्फ गइरहेको सुपप्र०२००१ख ९२९ नम्बरको बसको ठक्करबाट सोही वडाको गणेशपुर बस्ने ५५ वर्षीया द्रोपती भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते भएकी भट्टको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराले जानकारी दिए ।
उनकाअनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
बस चालक शुक्लाफाँटा नगरपालिका १० झलारी बस्ने ३८ वर्षीय जगत चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया