नाउपामा पूरै कार्यसमिति नयाँ बनाउने तयारी, यी हुन् अध्यक्षका आकांक्षी

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपाले अध्यक्ष रन्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । काठमाडौंमा भएको पहिलो राष्ट्रिय भेलाले अध्यक्ष श्रेष्ठलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर बुधबार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठ चौधरीलाई हटाउन गरेको हो ।
बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, विधिविपरीत कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधि विधान मिचेको आरोप लगाइएको छ ।
अध्यक्षलाई बर्खास्त गरेपछि भोली अध्यक्षसहित पूरै नयाँ कार्यसमिति चयन गर्ने तयारी भएको छ । टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित नछुट्ने गरी भेलाबाट कार्यसमिति चयनको तयारी गरिएको हो ।
भोली अध्यक्ष चयन गरिने छ । अहिलेसम्म अध्यक्षमा निर्वाचन एवं अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा, प्रतिनिधि सभा सदस्य लालवीर चौधरी र गङ्गा चौधरीको चर्चा छ ।
लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् भने रामलाल टीकापुर नगरपालिकाका मेयर हुन् । उनकै अध्यक्षतामा अहिले राष्ट्रिय भेला भइरहेको छ । अर्का आकांक्षी गङ्गा चौधरी टिकापुरको महाधिवेशनबाट महासचिव बनेका थिए । तर, त्यसलाई निर्वाचन आयोगले मान्यता दिएन ।
भोली अध्यक्षसहित १ वरिष्ठ उपाध्यक्ष ७ प्रदेशका संयोजक रहनेगरि ७ उपाध्यक्ष १ महासचिव र ७ सह महासचिव तोक्ने तयारी छ । सबै केन्द्रीय समिति तयार गर्ने रणनीतिमा रहेका रेशम चौधरीले त्यस विषयमा निर्वाचन आयोगसँग छलफल गरिरहेको नाउपा स्रोतको भनाइ छ ।
तपाईको प्रतिक्रिया