कैलालीमा लागु औषधसहित दुई युवक पक्राउ

शनिबार असार २८, २०८२/ Saturday 07-12-25
Paschim Today

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीको विशेष टोलीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका– ४ का २८ वर्षीय तेजबहादुर खड्का र कैलालीको गोदावरी नगरपालिका– २ शान्ति टोलका २२ वर्षीय रविन कुमार मल्ल रहेका छन्।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका क्षेत्रबाट रविन कुमार मल्ललाई नियन्त्रणमा लिँदै जाँच गर्ने क्रममा नौ ग्राम ६० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो। थप अनुसन्धानका क्रममा उनको संलग्नतामा रहेका तेजबहादुर खड्कालाई समेत पक्राउ गरिएको हो।