कञ्चनपुरबाट १ लाख मूल्य बढिका भन्सार छलीका सामान बरामद

सोमबार असार ३०, २०८२/ Monday 07-14-25
Paschim Today

कञ्चनपुर। कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेला र बेलौरी नगरपालिका-२ बैजुडाडाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ३७ हजार ५५० बराबरको भन्सार छलीका सामान बरामद गरिएको छ। भन्सार छलीको थान कपडा, सुटपिस, कुर्ति, चुन्नि, बच्चाको फराक, कस्मेटिक लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।