धनगढीका खैरो हेरोइनसहित एक युवक पक्राउ

सोमबार असार ३०, २०८२/ Monday 07-14-25
Paschim Today

धनगढीः धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१० जुगेडाबाट धनगढी उपमहानगरपालिका–९ बंग्राकटान बस्ने ३३ वर्षीय नारायण विक खैरो हेरोइनसहित पक्राउ परेक हुन्। विकलाई ४ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले  आइतवार नियन्त्रणमा लिएको जनाएको छ।