कञ्चनपुरको एक गाई गोठमा आगलागी हुँदा ४ लाखको क्षति

सोमबार असार ३०, २०८२/ Monday 07-14-25
Paschim Today

धनगढी । कञ्चनपुरमा आगलागी हुँदा ४ लाखको क्षति भएको छ । आइतबार राती भीमदत्त नगरपालिका - ६ ऐठपुरका किस्न अवस्थीको गाई गोठमा बिद्युतको तार सट भई आगलागी हुँदा ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको हो ।

दुई तले दुई कोठे ईटा र जस्ताले बनेको गाई गोठमा आगलागी हुँदा गाई गोठ भित्र रहेका खाद्यान्न, काठ लगायतका सामानहरू जलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।