गृहमन्त्री लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजकबिच भेटवार्ता

बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हाना सिंगर हाम्डीबिच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हानाबिच भेटवार्ता भएको हो । भेटमा संयुक्त राष्ट्र सङ्घकी आवासीय संयोजक हानाले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरेकी थिइन् ।

उनले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् । मन्त्री लेखकले सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत सरकार शान्ति प्रक्रियाको काम टुङ्गोमा पुर्‍याउन सक्रिय रहेको बताए ।  लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।