सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत, नाउपाको एक मत पनि आयाे
बिहीबार श्रावण १६, २०८२/ Thursday 07-31-25
Paschim Today

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् ।
नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहले विस्वासको मत लिएका हुन् । नाउपाकै कारण बिश्वासको मत लिनु परेका मुख्यमन्त्रीलाई नाउपाकै सांसद कैलाश चौधरीले पक्षमा मतदान गरेका हुन् ।
नाउपाका ७ सांसद छन् । तीमध्ये ६ सांसद प्रदेश सभमा उपस्थित थिएनन् । उपस्थित भएका एक सांसद चौधरीले बिश्वासको मत दिएका हुन् ।
काङ्ग्रेसको १८ र नेकपा एमालेको ११ मत पनि मुख्यमन्त्रीको पक्षमा आएको छ ।
तपाईको प्रतिक्रिया