जम्मू-कश्मीरमा भारतीय सेनाको कारबाहीमा एक जना मारिए

शनिबार श्रावण १८, २०८२/ Saturday 08-02-25
Paschim Today

काठमाडौं । भारतीय सेनाले जम्मू कश्मीरको कुलगाममा ‘अपरेशन अखल’अन्तर्गत एक जनालाई मारेको बताएको छ । भारतीय सेनाले घटनाको बारेमा विज्ञप्तिमार्फत भनेको छ , “कुलगाममा अपरेशन अखलको क्रममा रातभरि बीच-बीचमा र भारी गोलाबारी जारी रह्यो ।

सतर्क सेनाहरूले प्रतिकार गरे र घेराबन्दीलाई बलियो बनाए र निरन्तर सम्पर्क कायम राखे ।” 

“अहिलेसम्म सुरक्षा बलले एक आतंककारीलाई मारेको छ । अपरेशन अझै जारी छ,” सेनाले भन्यो ।mसेनाको चिनार कोरका अनुसार शुक्रबार साँझ कुलगाम जिल्लाको अखल क्षेत्रमा ‘अपरेशन अखल’ सुरु गरिएको थियो ।