अछाममा एक पुरुषको खोलाले बगाउँदा मृत्यु

सोमबार श्रावण २०, २०८२/ Monday 08-04-25
Paschim Today

अछाम । अछाममा एक पुरुषको खोलाले बगाउदा मृत्यु भएको छ  । 

 जिल्लाको कमलबजार नगरपालिका –३ बयाला निवासी ५० वर्षीय कर्ण कडायतको खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिए । मुली गाड (ठूलो खोला) ले बगाएर करिब पाँचसय मिटर तल खोलाको बिचमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए । 

घटनास्थलको मुचुल्का लगायत कानुनी प्रक्रियाका लागि प्रहरी घटनास्थलमा रहेको बताइएको छ । मृतकका छोरा भारतमा र श्रीमती नेपालगञ्जमा बस्दै आएको वडा अध्यक्ष कुँवरको भनाइ छ ।