धनगढीबाट २ जना लागूऔषधसहित पक्राउ

सोमबार श्रावण २०, २०८२/ Monday 08-04-25
Paschim Today

धनगढी ।  धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट गोदावरी नगरपालिका-११ बस्ने २६ वर्षीय बिक्रम विक र अछामको साँफेबगर नगरपालिका-३ बस्ने २२ वर्षीय हेमराज कुँवर लागूऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ८ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइनफेला पारी उक्त पदार्थसहित दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली, वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले आइतवार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।