सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी

सोमबार श्रावण २०, २०८२/ Monday 08-04-25
Paschim Today

काठमाडौं ।  सभामुख देवराज घिमिरे र प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतकको बैठक सुरु भएको छ ।

बैठकमा उपसभामुख इन्दिरा राना र कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि सहभागी भएका छन् ।

संसद् भवन नयाँ वानेश्वरमा बस्ने बैठकमा साउन महिनाको १५ गतेदेखि ३० गतेसम्मको क्यालेन्डर बनाउने विषयमा छलफल भइरहेको छ ।